back
NMB ad

एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने

Kumari bank ad

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् ।

पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भन्नुभयो, “पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।” एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उहाँको भनाइ छ ।

पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ एकल पुरुष रहेका छन् । गाउँपालिकाले तीन/तीन महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताउनुभयो ।

वि.सं.२०७८ चैत २३ बुधवार १३:३६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...