काठमाडौं । चैत २७ गतेदेखि रिभर फल्स पावर कम्पनी आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ७ लाख कित्ता सेयर निष्काशन गर्नछ ।
प्रतिकित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको सेयरमा आयोजना प्रभावित संखुवासभा जिल्लाका बासिन्दाले आवेदन दिन पाउनेछन् ।
आइपीओमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भने वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ चैत २४ बिहीवार १२:४९ मा प्रकाशित