back

वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ ।

आगामी वैशाख २ गते देखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको हो । कार्यालय प्रमुख रमेश अर्यालका अनुसार कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ ।

संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनिहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थिति विना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो ।

कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिदैं आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक १ हजार भन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभइ अनलाइनबाटै सेवा लिंदै आएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीति अनुसार अनलाइन प्रणालीको विकास गरिएको बताउनुभयो । मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा सेवाप्रवाह गर्न यस्तो व्यवस्था मिलाइएको बताउनुभयो ।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशन अनुसार पुनः श्रम स्वीकृति सँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ ।

कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाही सर्भरको समस्या हुन सक्ने भएकोले तीन दिन अघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ ।

वि.सं.२०७८ चैत २५ शुक्रवार ११:०२ मा प्रकाशित

You can share this post!

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

वि.सं.२०७९ माघ १५ आइतवार १९:४४

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

वि.सं.२०७९ माघ १५ आइतवार १९:४१

काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको...

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:१४

काठमाडौं । आज थप  दुई लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका...

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:०२

काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ ८ लाख ७ हजार...

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

वि.सं.२०७९ माघ १५ आइतवार १७:५१

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश...

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

वि.सं.२०७९ माघ १५ आइतवार १७:४५

काठमाडौं । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...