back
NMB ad

बेनेली ‘पानारिया १२५’ स्कुटरको खुद्रा बिक्री मूल्य प्रकाशन, कति पर्छ ?

Kumari bank ad

काठमाडौं । बेनेलीको नयाँ प्रिमियप स्कुटर पानारियाको अधिकतम खुद्रा बिक्री मू्ल्य प्रकाशन भएको छ ।

नेपालमा बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले पानारियाको अधिकमत खुद्र बिक्री मूल्य प्रकाशन गरेको हो ।

एक सूचना निकाल्दै कम्पनीले चीनबाट पैठारी गरेको उक्त स्कुटरको अधिकतम खुद्रा बिक्री मूल्य सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरेको जनाएको छ ।

प्रकाशित मूल्य अनुसार बेनेली पानारिया १२५ ईएफआईको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ ।

 

कस्तो हो यो स्कुटर ?

क्लासिक लुक्स दिने यो स्कुटरमा आधुनिक फिचरहरु छन् । पानारिया १२५ ईएफआईमा नोबल सिंगल सिलिन्डर एयर कुलयुक्त १२४ सीसी इन्जिन रहेको छ ।

इलेक्ट्रोनिक फ्युइन इन्जेक्स (ईएफआई)युक्त इन्जिनले ७५ सय आरपीएममा ८.५ पीएस पावर जेनेरेट गर्छ । यसको टर्क पावर ६ हजार आरपीएममा ९.२ एनएम, ४.६ लिटरको इन्धन ट्यांकी रहेको छ । यसले प्रतिलिटर कम्तीमा ४५ देखि ५० किमिसम्म माइलेज दिने कम्पनीले जनाएको छ ।
अगाडि टेलिस्कोपिक फर्कसहित सस्पेन्सन, ९० एमएम ट्राभल, डुअल पिस्टल क्यालिपरसँगै १९० एमएम डिस्क ब्रेकिङ सिस्टम, टेलिस्कोपिक आयल ड्याम्पेन क्वाइल स्प्रिङ रियर सस्पेन्सन रहेको स्कुटरमा १२३ इन्च आल्मुनियम अलोय रिमयुक्त १००/९०–१२ र ११०/९० ट्युबलेस टायर रहेको कम्पनीले जनाएको छ।

यसमा १२ इन्चको ह्विल, लिदर मोरिएको आनन्ददायी सिट, अगाडि डिस्क ब्रेक, किल स्विच, हाजार्ड लाइट्स र पूर्ण एलईडी लाइट सेटजस्ता आधुनिक फिचर रहेका छन्। पानारिया १२५ सेतो, कालो, निलो र पहेँलो रङमा नेपाली बजारमा उपलब्ध भएको छ ।

वि.सं.२०७८ चैत २५ शुक्रवार १३:२८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...