back
NMB ad

प्राधिकरणमा विद्युतीय गाडीको परिमाणात्मक सुरुवात, एकैपटक खरिद गर्यो २० वटा टाटा नेक्सन इभी

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २० वटा विद्युतीय गाडी खरिद गरेको छ । प्राधिकरणले टाटा नेक्सन ईभी गाडी खरिद गरेको हो ।

कर्पोरेट कामको लागि प्राधिकरणले टेन्डर प्रक्रियाअनुसार टाटाको नेक्सन खरिद गरेको हो जनाएको छ । विद्युतीय गाडी खरिदका लागि प्राधिकरणले केही समयअघि टेन्डर आह्वान गरेको थियो ।

विद्युतीय सवारी साधनको परीमाणात्मक सुरुवात गरिएको र विद्युतीय सवारी प्रवर्द्धन तथा पेट्रोलियम पदार्थ खपत कटौतिमा योगदान दिने प्राधिकरणले जनाएको छ ।

नेपालमा टाटाले गत साउनमा नेक्सन ईभी सार्वजनिक भएको थियो। नेक्सन ईभी नेपालमा बढी बिक्री हुने विद्युतीय गाडीमा पर्छ । यो गाडी जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान भएको छ । नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

६० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यो गाडी फुल चार्जमा करिब ३ सय किलोमिटर गुड्न सक्ने कम्पनीले जनाएको छ । यो गाडीले अधिकतम १ सय २९ पीएस पावर र २ सय ४५ एनएम टर्क जेनेरेट गर्नेछ ।

यसमा २ हजार ४ सय ९८ मिलिमिटर ह्विलबेस र २ सय ५ मिलिमिटर ग्राउण्ड क्लेयरेन्स, पाँच सिट क्षमताको यो गाडीको बुट स्पेस ३ सय ५ लिटर छ । नेपालमा हाल नेक्सन इभीको सुरुवाती मूल्य ३६ लाख ९९ हजार रहेको छ ।

वि.सं.२०७८ चैत २७ आइतवार १३:२८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...