काठमाडौं । साताको पहिलो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । उक्त दिन इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य उच्च दरमा घटेको हो ।
सोमबार इमर्जिङ्ग नेपालको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता १११ रुपैयाँले घटेको हो ।योसंगै कम्पनीको सेयर मूल्य १ हजार १ रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.९२ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५१ रुपैयाँ ९० पैसाले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।
त्यसैगरि आज नेपाल टेलिकमको सेयर मूल्य पनि ६.१९ प्रतिशत अर्थात प्रतिकित्ता ७० रुपैयाँले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ६० रुपैयाँ कायम भएको छ ।
उक्त दिन यी कम्पनीहरुसहित हिमालयन पावर पार्टनर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, शिवश्री हाइड्रोपावर, सामलिङ्ग पावर, बुद्धभुमि नेपाल, कालिका पावर, लिवर्टी इनर्जी, मध्येभोटेकोशी लगायतका लगानीकर्ताहरुले उच्च दरमा गुमाएका छन् ।
वि.सं.२०७८ चैत २८ सोमवार १५:५७ मा प्रकाशित