काठमाडौं । सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा गिरावट आएको छ । उक्त दिन बैंकको सेयर मूल्य १.७० प्रतिशतले घटेको हो ।
साताको पहिलो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ ५० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ३१८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ७ करोड २१ लाख २० हजार रुपैयाँ बराबरको २ लाख २२ हजार ६८ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ चैत २८ सोमवार १६:३९ मा प्रकाशित