back
NMB ad

कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका चर्चित तथा लोकप्रिय पत्रकार श्री रवि लामिछानेलाई नियुक्त गरेको छ ।

काठमाडौं स्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको थियो ।

बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पु¥याउने महान कार्यको लागि छुट्टउने घोषणा गर्नुभयो ।

यसैगरी बैंकले नेपालको गीतसंगीत क्षेत्रका प्रख्यात पप गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ ।

सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

यसै गरी यु आर एस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलद्वारा कामना सेवा विकास बैंकलाई आई एस ओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र प्रदान गर्नुभयो ।

कामना सेवा विकास बैंक नेपालकै आई एस ओ ९००१ः२०१५ प्रामाणित प्रथम विकास बैंक बन्न सफल भएको छ । यसले कामना सेवा विकास बैंकको गुणस्तर, व्यवस्थापन प्रणालीको सुरक्षा, दक्षता, योजना कार्यान्वयन, अपरेशन र संगठनको सुधार सम्बन्धी आवश्यकताहरु निर्दिष्ट गर्दछ ।

साथै बैंकले “हामी सक्षम छौँ” भन्ने उद्घोसकासाथ बि.सं. २०७९ का लागि आफ्नो आधिकारिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा बैंकका अन्य सञ्चालकज्यूहरुले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गर्नु भएको थियो ।

बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने सञ्चालक भिम प्रसाद तुलाचनले उपस्थित महानुभावहरुलाई बैंकको तर्फबाट स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा सम्पूर्ण सञ्चालकज्यूहरु, कामु नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत सञ्चारकर्मी तथा अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

यस अवसरमा बैंकका अध्यक्ष सुदिप आचार्यले मिडिया क्षेत्रका चर्चित व्यक्तित्व रवि लामिछानेलाई बैंकको ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा गर्व महसुस गरेको तथा बैंकको व्यावसाय तथा साख वृद्धिमा कोषेढुंगा सावित हुने विश्वास समेत व्यक्त गर्नु भयोे ।

वि.सं.२०७८ चैत २८ सोमवार १८:०८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...