काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आईपीओ आज विहान ९ बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीको आईपीओ प्रि –अलोटमेण्ट भने शुक्रवार सम्पन्न भइसकेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
कम्पनीले चैत्र १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको हो ।
जसमध्ये ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा चैत्र २१ गतेसम्म २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड हुनेछ । माागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ६६ हजार ३ सय ४५ जनाले मात्रै १०/१० कित्ता सेयर पाउनेछन भने बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।
वि.सं.२०७८ चैत २९ मंगलवार ०८:०० मा प्रकाशित