back
NMB ad

मेगा बैंककी कामु सिइओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सिइओ श्रेष्ठलाई  प्रदान गर्नुभयो । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।

मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उहाँलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । यसअघि पनि उहाँले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसक्नुभएको छ ।

३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुनुहुन्छ । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नुभएकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गर्नुभएको थियो ।

वि.सं.२०७९ वैशाख १ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...