back
NMB ad

मेगा बैंकको कायममुकायम सीईओमा रविना श्रेष्ठ, यस्तो छ श्रेष्ठको ३१ वर्षे बैंकिङ यात्रा…

Kumari bank ad

काठमाडौं । मेगा बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामुसीईओ) मा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ ।

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले राजीनामा दिएसंगै श्रेष्ठ कामु सिईओमा नियुक्त हुनु भएको हो । बैंकमा श्रेष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत पदमा रहुनभएको थियो ।

बैंकको बुधवार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी प्रदान गरेको हो ।

श्रेष्ठ मेगा बैंक स्थापनादेखि नै कार्यरत रहनुभएको छ । ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नु भएको थियो ।

रविनाको अध्ययन पनि कलकत्तामै भएको हो ।त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा आउनुभयो । त्यहाँ १३ बर्ष काम गर्नुभएको थियो । उहाँले ’इन्ट्री लेभल’ बाट करियर सुरु गर्नुभएको थियो ।

चार्टर्ड छोडेर उहाँ नबिल बैंकमा आउनुभयो । नबिलमा उहाँले ६ बर्ष सात महिना बिताउनुभएको थियो । नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह (नबिल बैंकका सिइओ), अनुपमा खुँञ्जेली (मेगा बैंककी सिइओ) सँगै गएकी जानुभएको थियो ।

बैंकिङ क्षेत्रमा रविनाले ३१ बर्ष बिताइसक्नुभएको छ । उहाँले प्रबल जनसेवाश्री (चुतर्थ), मानार्थ डाक्टर उपाधि, अन्तराष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि प्राप्त गर्नुभएको छ ।

उहाँले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसक्नुभएको छ ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार १०:३५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...