back
NMB ad

कति पाउला त बलेफी हाइड्रोपावरको आईपीओले ओपनिङ रेञ्ज ? यस्तो छ संकेत !

Kumari bank ad

काठमाडौं । चैत २९ गते अर्थात गत मंगलबार बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भयो ।

कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड भएको हो । मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ६६ हजार ३ सय ४२ जनाले मात्रै १०÷१० कित्ता सेयर भएका छन् । यीमध्ये ३ जनाले भने थप १/१ कित्ता सेयर पाएका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली भएको छ ।

कम्पनीको आईपीओ अहिले सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९३ रुपैयाँ ६४ पैसादेखि २ सय ८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ९३ रूपैयाँ ६४ पैसा रहेको छ । जसकारण कम्पनीको आईपीओ उक्त ओपन रेञ्ज पाउने देखिएको हो । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले चैत्र १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा चैत्र २१ गतेसम्म २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार १४:४६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...