back
NMB ad

बलात्कार आरोपीलाई आठ वर्ष कैद

Kumari bank ad

सप्तरी । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ ।जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं ६स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो । आरोपीबाट पीडितलाईरु ५० हजार क्षतिपूर्ति भराउन पनि आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनुभयो ।

तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आरोपित सुरेशलाई २०७३ फागुन ८ गते पूर्पक्षका लागि २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो । अर्का आरोपी सोही ठाउँका २० वर्षीय आकाश भनिने रमेशकुमार सरदार फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबी रहेको छ ।

आरोपीहरुले २०७३ माघ ५ गते राति १२ वर्षीया दुई बालिकालाई बलात्कार गरेको भन्दैै पीडित पक्षले २०७३ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालयले सो उजुरी दर्ता गरी आरोपितमध्ये सुरेशलाई सोही दिन पक्राउ गरेकामा उक्त अदालतले सुरेशलाई २०७३ फागुन ८ गते धरौटी राखी तारेखमा उपस्थित हुन भनेको थियोे ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १६:०८ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...