back

आजदेखि देशभर सुरु भयो एसइई परीक्षा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शान्तिपूर्णरूपमा सम्पन्न गर्न तथा गराउन सबैमा आग्रह गर्नुभएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७७ र २०७६ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरे पनि यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसइई परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी भएको जानकारी दिनुभयो ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी भएको उल्लेख गर्दै उहाँले परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी भएको जानकारी दिनुभयो । यस वर्षको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिले परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभयो । अध्यक्ष शर्माले भन्नुभयो, “यस वर्ष एक महिना ढिलो परीक्षा सुरु भएको छ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, नतिजा जारी गर्न केही दिन तल–माथि हुनसक्ला, यद्यपि साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गर्ने लक्ष्य छ ।”

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी नयाँ भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १२:२८ मा प्रकाशित

You can share this post!

ADBL
नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

वि.सं.२०८० जेठ २१ आइतवार १३:५४

काठमाडौँ, २१ जेठ। नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष...

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

वि.सं.२०८० जेठ २१ आइतवार १३:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको...

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

वि.सं.२०८० जेठ २१ आइतवार १३:३१

मिमबहादुर रावल मान्म, २१ जेठ ।  कालीकोटका स्थानीय तह शैक्षिक...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...