back
NMB ad

ओपोले ‘अर्थ डे’ को अवसरमा ग्रीन टेक्नोलोजी प्रयोग गर्दै

Kumari bank ad

काठमाडौंं। हरेक वर्ष अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे मनाउँदछन् । टेक्नोलोजी र कलात्मकता मार्फत जीवनलाई उचाईमा पु¥याउन प्रयास गर्ने ग्लोवल टेक्नोलोजी कम्पनी ओपोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालिन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट नागरिकको रुपमा आफ्नो जिम्मेवारीलाई पनि प्राथमिकता दिँदै आएको छ । ग्रीन अपरेशन र प्रडक्ट डिजाइनदेखि लिएर वातावरण संरक्षण र दिगोपनका मुद्धाहरुका लागि जनचेतना जगाउनेसम्म, ओपोले पृथ्वीको हरित भविष्यलाई प्रवद्र्धन गर्न आफ्नो प्रविधि र ब्रान्ड शक्तिको निरन्तर प्रयोग गरिरहेको छ ।

पछिल्लो लन्च OPPO Find X5 ओपोको सेल्फ–डेभलप्ड हेल्थ ईन्जिनले बनाईएको छ । यसले स्मार्टफोनको ब्याट्री ८०% बढाउँछ र ८०W SuperVOOC फ्लास चार्ज टेक्नोलोजी प्रयोग गरेर लगभग १६०० फुल चार्ज गर्छ । यो ईण्डष्ट्रीको औषत भन्दा दुई गुणा हो अनि लामो समयसम्म चलाउन सकिन्छ ।

हालसम्म ओपोले विभिन्न देशहरुमा रिसाइकलिङ्ग पुनरावृत्ति कार्यक्रमहरु स्थापना गरी ट्रेड इन सेवा प्रदान गरिसकेको छ । चीनलाई उदाहरणका रुपमा लिने हो भने ओपोले आफ्नो पुनरावृत्ति कार्यक्रम मार्फत २०२१ मा १२ लाख भन्दा बढी मोबाइल फोन सङ्कलन ग¥यो । यो २१६ टनभन्दा बढी ईलेक्ट्रोनिक फोहोर बराबर हो ।

ओपोले आफ्नो औद्योगिक र गैरसरकारी संस्थाको साझेदारी मार्फत फोहोर ईलेक्ट्रोनिक उत्पादनको रिसाईकल प्रवद्र्धन गर्न पनि मद्दत गरिरहेको छ । युरोपमा ओपोले स्थानीय रिसाइक्लिङ्ग प्रणालीलाई आर्थिक सहयोग प्रदान गर्दैछ र ईलेक्ट्रोनिक फोहोरको रिसाइक्लिङ्ग कार्यक्रम कार्यान्वयन गर्न व्यवसायिक तेस्रो पक्ष रिसाइक्लिङ्ग संस्थाहरुसँग साझेदारी गर्दैछ । अस्ट्रेलियामा, ओपोले तारोङ्गा संरक्षण समाजसँग काम गरिरहेको छ र जनतालाई उनीहरुको फोहोरको ईलेक्ट्रोनिक उत्पादनहरु सही तरिकाले पुनः प्रयोग गर्न र ई–फोहोरको मात्रा घटाउन आह्वान गरिरहेको छ ।

ओपो ईको रेटिङ लेबलिङ योजनामा सामेल हुने पहिलो स्मार्टफोन कम्पनीहरुमध्ये एक होे । जुन युरोपका धेरै अग्रणी अपरेटरहरुले उनीहरुको सम्पूर्ण लाईफसाईकलमा मोबाइल फोनहरुको वातावरणीय कार्यसम्पादन मूल्याङ्कन गर्न सिर्जना गरेको कार्यक्रम हो । यस योजनामा आफ्नो सहभागिता मार्फत ओपोले दिगो रुपान्तरण गर्न उद्योगका अन्य व्यक्तिहरुसँग मिलेर काम गरिरहेको छ ।

प्रविधिमार्फत दिगोपन प्रवद्र्धन गर्न विभिन्न सरोकारवालाहरुसँग साझेदारी गर्दै
ओपोले आफ्नै प्रविधि मार्फत वातावरणीय संरक्षण र दिगोपन सम्बन्धी समस्याहरुको समाधान मात्र प्रदान गर्दैन, तर यी समस्याहरु समाधानका लागि मद्दत गर्न विश्वभरका मानिसहरुलाई सुचिबद्ध गर्दै एनजीओहरुसँग साझेदारी गर्दैछ ।

ईटालीमा, ओपोले स्थानीय एनजीओ–Free Plastic Odv Onlus सँग साझेदारी गरेको छ, जसले २०२१ मा पाँच शहरमा फोहोर सङ्कलन गतिविधि सञ्चालन गरेको छ । एक हजारभन्दा बढी स्वयंसेवकको सहयोगमा कार्यक्रम मार्फत १० टनभन्दा बढी प्लाष्टिक फोहारलाई पुनः प्रशोधन गरिएको छ ।

अष्ट्रेलियामा, ओपोले ग्रेट ब्यारियर रिफले सामना गरिरहेको वातावरणीय संकटको बारेमा सचेतना जगाउन र यसप्रति आह्वान गर्न एआर एप प्रयोग गरी रिस्टोरेसन फाउन्डेसन –आरआरएफ) सँग पनि साझेदारी गरेको छ । २०२१ मा, ओपोले RRF लाई २०२६ सम्म ग्रेट ब्यारियर रिफमा १,०००,००० नयाँ कोरलहरु उत्पादन का लागि मद्दत गर्न ५२,०००४ रकम प्रदान गरेको छ ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १४:०७ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...