back
NMB ad

‘नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२’ का लागि आवेदन खुला

Kumari bank ad

काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०२२ का लागि सञ्चालन गर्ने नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरेको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड कनिष्ठ र वरिष्ठ गरी दुई विधामा आयोजना गरिनेछ । जसअन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले कनिष्ठमा आवेदन दिन सक्नेछन् । कक्षा ११–१२ का विद्यार्थीले वरिष्ठमा आवेदन दिनसक्ने पनि उहाँले बताउनुभयो । ओलम्पियाडको पहिलो चरण÷छनोट परीक्षा प्रादेशिक चरणका रुपमा यही मे ७, २०२२ ९वैशाख २४, २०७९० शनिबार अपराह्न १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ । इच्छुक विद्यार्थीले आवेदन फाराम आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका सोसाइटीले तोकेका संयोजकलाई बुझाउन सक्नेछन् ।

प्रदेश चरणमा गरिएको प्रदर्शनका आधारमा दोस्रो चरण अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ । कार्यक्रमसम्बन्धी जिज्ञासा तथा थप जानकारीका लागि सोसाइटीको मोबाइल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सकिने पनि अध्यक्ष भट्टराईले बताउनुभयो ।

वि.सं.२०७९ वैशाख १२ सोमवार ११:३३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...