back
NMB ad

१० लाख रुपैयाँमा स्कोडा कार किन्ने मौका, स्कोडा नेपालले ल्यायो यस्ता सुविधासहितका योजना

Kumari bank ad

काठमाडौं । स्कोडा नेपालले “कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स“ योजना ल्यायाएको छ ।

नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ताले एमएडब्लु इन्टरप्राइजेजले नयाँ योजना “कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स” घोषणा गरेको हो ।

यस योजनामा ग्राहकहरूले मात्र १० लाख रुपैयाँ लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् र गाडीको २ वर्षको निःशुल्क आवधिक सर्भिसिङ पाउनेछन्।

एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो।  स्कोडा कुशक मात्र १० लाख रुपैयाँ डाउन पेमेन्टमा खरिद सकिने छ ।

ग्राहकहरूले २ वर्षको निःशुल्क आवधिक सर्भिसिङ सेवा प्राप्त गर्नेछन् (ग्राहकहरूले आफ्नो सवारी साधनको वार्षिक सर्भिसिङको क्रममा कुनै शुल्क तिर्नु पर्दैन), स्कोडा कुशकलाई ७ वर्षको लागि ७० प्रतिशत ऋणमा वित्त पोषण गर्न सकिने कम्पनीले जनाएको छ ।

कुनै ऋण प्रशोधन शुल्क बिना स्कोडा कुशक खरिद गर्न सकिने, आफ्नो पुरानो कार स्कोडा कुशकको लागि ठाउँको ठाउँ मै साट्न सक्नेछन्, जसलाई डाउन पेमेन्ट मानिने कम्पनीले जनाएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले स्कोडा कुशकसँग निःशुल्क एक्सेसरीज पनि पाउनेछन् ।
स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्टमा उपलब्ध छ रहेका छन । जसमध्ये एक्टिभ, एम्बिसन र स्टाइल रहेको छ ।

यसमा अवार्ड–विजेता नयाँ टिएसआई प्रविधि सहितको १.० लिटर इन्जिन छ । जसले ११५ पी.एस र १७८ एन.एम टर्क उत्पादन गर्छ।

स्कोडा गाडीहरू निर्माण गुणस्तर, ड्राइभिङको आनन्द, आराम, सुरक्षा र प्रदर्शनका लागि परिचित छन् ।

चेक गाडी निर्माताका यी पक्षहरूलाई नेपाली बजारले मन पराएको छ । यी सबै पक्षहरूले स्कोडा कुशकलाई देशकै सबैभन्दा प्रिय गाडीहरूमध्ये एक बनाएको छ ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १३:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...