back

यामाहाको ‘महा-एक्सचेन्ज मेला’ सुरू : बाइक/स्कुटर लिन चाहनेलाई ‘अन द स्पट फाइनान्स’ सुबिधा

बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्ने मौका

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि यामाहाको ‘महा–एक्सेन्ज मेला’ सुरू भएको छ ।

नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले उक्त ‘महा एक्सचेन्ज मेला’ सुरु गरेको हो ।

नेपालकै सर्वाधिक ठूलो महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । एक हप्ता लामो यस महा मेला बैशाख २२ गतेसम्म आयोजना हुनेछ ।

मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले जनाएको छ ।

‘महा एक्सचेन्ज मेला’ मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकलरस्कुटर खरिद गर्ने ग्राहक ले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर “मल्टिप्लाई योर ह्यापिनेस २०७९x १००० टाइम्स’मा सहभागी हुने अवसर पाउनेछन् ।

“मल्टिप्लाई योर ह्यापिनेस २०७९x१००० टाइम्स” अफरअन्तर्गत डिजिटल ज्याकपटमार्फत् ग्राहकले दैनिक रूपमा २ लाख ७ हजार ९ सय, स्योर शटमा ८ हजार ३१६ रुपैयाँ र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सक्नेछन् ।

सोही एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

यस्तै, मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि “अन द स्पट फाइनान्स” सुबिधा पनि उपलब्ध रहेको छ ।

उक्त फाइनान्स सुबिधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइकरस्कुटर लिन सकिने छ ।

यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एक्सेसरीज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, “डोर प्राइज”, र “डेली क्वीज” जस्ता आकर्षणहरू रहेका छन् ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १७:२१ मा प्रकाशित

You can share this post!

ADBL
थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८० जेठ २१ आइतवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तिय...

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वि.सं.२०८० जेठ २१ आइतवार १२:०५

ताप्लेजुङ २१ जेठ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा...

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

वि.सं.२०८० जेठ २१ आइतवार १२:०१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री...

घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

वि.सं.२०८० जेठ २१ आइतवार ११:३४

गण्डकी, २१ जेठ । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने...

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

वि.सं.२०८० जेठ २१ आइतवार ११:२८

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज...