back

विज्ञहरूको आग्रह, “कोरोना कम भएको मात्रै हो, सकिएको होइन, लापर्बाही नगर्नु”

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढेर फेरि तीन हजारभन्दा बढी हुन थालेको छ ।  केही समय अगाडि दैनिक सङ्क्रमितहरूको सङ्ख्या घटेर एक हजारभन्दा कम भएकोमा अहिले फेरि दिन प्रति दिन बढ्दै गएको छ ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या फेरि बढ्न थालेपछि स्वास्थ्य विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।  उनीहरूले भनेका छन्, “अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम कम भएको मात्रै हो, कोरोना भाइरस पूर्ण रुपमा हटेको होइन, त्यसैले लापर्बाही नगर्नु ।” धेरै नागरिकले महामारी अन्त्य भएको झै लापर्बाही गरेको पाइएकाले सबैलाई तत्काल सचेत बनाउनु पर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।  

एएनआईसँगको अन्तर्वार्ताको क्रममा टाटा इन्स्टीच्युड फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रले कोरोना भाइरसको महामारी फेरि फैलिन सक्ने बताउनु भयो ।   उहाँले अहिले पनि पहिलेकै जस्तै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै लापर्बाही गरिएमा फेरि अर्को ठूलो क्षति भोग्नु पर्ने चेतावनी दिनुभयो ।  उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा हातमा सेनिटाइजर लगाउने लगायतका कार्य अहिले पनि गर्न सबैको ध्यानाकर्षण गराउनु भयो ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १९:०८ मा प्रकाशित

You can share this post!

ADBL
कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

वि.सं.२०८० जेठ २१ आइतवार १३:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको...

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

वि.सं.२०८० जेठ २१ आइतवार १३:३१

मिमबहादुर रावल मान्म, २१ जेठ ।  कालीकोटका स्थानीय तह शैक्षिक...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...