काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।
बिहीवार ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९९ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबारका लागि तेजावी सुनको मूल्य भने ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन हिजो अर्थात बिहीवार भने ९७ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ३२० रुपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदिबिक्री हुनेछ ।
वि.सं.२०७९ वैशाख १६ शुक्रवार १०:५२ मा प्रकाशित