back
NMB ad

आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको नाफा बढ्यो, कस्ता देखिए मुख्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले २ करोड ३३ लाख २१ हजार रुपैयाँ नाफ गरेको छ । कम्पनीको यो नाफा गत वर्षको चैत मसान्तसम्मको तुलनामा भने ४१.६३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६४ लाख ६५ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २६.१० प्रतिशतले वृद्धि भई ७ करोड ६९ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो आम्दानी ६ करोड १० लाख ४० हजार रुपैयाँ मात्र रहेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीको संचालनमा मुनाफा १ करोड ५१ लाख ८७ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २६.७२ प्रतिशतले कमी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो मुनाफा २ करोड ७ लाख २७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष भने १० करोड ६८ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्ममा ३.३८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा वृद्धि भई ४.९५ प्रतिशत कायम भएको छ ।

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारीमा रहेको छ। कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्रबोर्डमा फागुन २३ गते निवेदन दिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार ११:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...