back
NMB ad

सूचीकृत फाइनान्सको नाफा करिब ९४ करोड : अधिकांश कम्पनीको घट्यो, कुन-कुन देखिए अब्बल ?

Kumari bank ad

किशन कार्की,

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत १५ फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण अनुसार चालु आवको चैत मसान्तसम्ममा कम्पनीहरुले ९३ करोड ९० लाख ७९ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ३८.७० प्रतिशतले कमी हो । गत वर्षको तेस्रो त्रैमासमा १५ वटा कम्पनीको नाफा १ अर्ब ५३ करोड १९ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा १५ वटामध्ये तीन कम्पनीहरुको नाफा वृद्धि भएको छ भने बाँकी सबै कम्पनीको नाफामा गिरावट देखिएको छ । सूचीकृत कम्पनीमध्ये चालु आवको तेस्रो त्रैमासमा बेष्ट फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्स कम्पनीको नाफा वृद्धि भएको हो ।

चालु आवको तेस्रो त्रैमासममा सबैभन्दा धेरै नाफा कमाउनेमा बेष्ट फाइनान्स रहेको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्ममा १५ कारेड २६ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११४.४९ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफा ७ करोड ११ लाख ९० हजार रुपैयाँ मात्र रहेको थियो ।

यस्तै, सबैभन्दा नाफा बढाउनेको अग्रस्थान (प्रतिशतका आधारमा) मा नेपाल फाइनान्स कम्पनी रहेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासममा ८१६.१७ प्रतिशतले नाफा बढाएर ३ करोड २० लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ३५ लाख रुपैयाँ मात्र रहेको थियो ।

त्यसैगरि चालु आवको ९ महिनामा जानकी फाइनान्सले २५५.६७ प्रतिशतले नाफा वृद्धि गरि ५ करोड २४ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले १ करोड ४७ लाख ५६ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत वर्षको चैत मसान्तसम्मको तुलनामा सबैभन्दा बढी नाफा मल्टीपर्पस फाइनान्सको घटेको छ । गत वर्षको तेस्रो त्रैमासमा ३० लाख ५३ हजार रुपैयाँ नाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने ८३.३९ प्रतिशतले घटेर ५ लाख ७ हजार रुपैयाँ मात्र नाफा गरेको छ ।

उक्त अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेको दोस्रो स्थानमा रहेको आइसीएफसी फाइनान्सकले १२ करोड ३९ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । तर, गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा भने ३०.३२ प्रतिशतले घटेको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १७ करोड ७९ लाख ५० हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको नौ महिनाको अवधिमा मञ्जुश्री फाइनान्सले १२ करोड ३९ लाख ९८ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा भने ६९.८७ प्रतिशतले कमी हो ।

गुडवील फाइनान्सको गत वर्षको चैत मसान्तसम्मको तुलनामा २६.३२ प्रतिशतले घटेपनि यस वर्षको सोही अवधिमा भने ११ करोड ८ लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ ।

यस्तै, गोर्खाज फाइनान्सले ९ करोड ४९ लाख २८ हजार, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ७ करोड १० लाख ९४ हजार, पोखरा फाइनान्सले ४ करोड ८२ लाख १४ हजार, सेन्ट्रल फाइनान्सले ४ करोड १४ लाख ४२ हजार, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले ४ करोड ६ लाख १३ हजार रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरि चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्स फाइनान्सले ३ करोड ८२ लाख ८६ हजार, प्रोग्रेसिभ फाइनान्सले १ करोड ६० लाख ५२ हजार, समृद्धि फाइनान्सले २८ लाख २८ हजार रुपैयाँ नाफा गरेका छन् ।

वि.सं.२०७९ वैशाख १९ सोमवार १३:३६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...