
काठमाडौं । सन् २०२२ को अप्रिल महिनामा विश्वका विभिन्न देशहरुबाट ५८ हजार ३४८ पर्यटक नेपाल घुम्न आएका छन् ।
उक्त महिनामा घुम्न आउने पर्यटक मध्ये सवैभन्दा बढी सार्क मुलुकबाट पर्यटकहरु नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको तुलनामा यो वर्षको अप्रिलमा १६० प्रतिशतले पर्यटक बढेका हुन् । सन् २०२१ को अप्रिलमा जम्मा २२ हजार ४५० जना पर्यटक नेपाल घुम्न आएका थिए ।
अघिल्लो महिना अर्थात मार्चको तुलनमा नेपाल आउने विदेशी पर्यटकको संख्या घटेको हो । अघिल्लो वर्षको तुलनामा अहिले पर्यटक बढे पनि मार्चको तुलनामा घटेका हुन् र अप्रिलमा ३५ हजार ८७१ पर्यटक नेपाल भित्रिएका हुन् । अघिल्लो महिना अर्थात मार्च महिनामा मात्रै ४२ हजार पर्यटक नेपाल भित्रिएका थिए ।
पर्यटन बोर्डको तथ्यांकअनुसार मार्च महिनामा भारतबाट १५ हजार र चीनबाट ४३१ जना मात्रै भित्रिएका छन्।
यस्तै, बेलायतबाट ४ हजार, अमेरिकाबाट ४ हजार ८९६ पर्यटक भित्रिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
वि.सं.२०७९ वैशाख १९ सोमवार १५:२६ मा प्रकाशित