काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ४८.७३ अंकले घटेको हो ।
सोमबार बजार परिसुचक पनि २३०८.७४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।
आज १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज सबैभन्दा बढी सेयर अरुणभ्याली हाइड्रोपावरको ४ करोड ७३ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
उक्त दिन कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिष्टीलरीको पनि ४ करोड ३८ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै, उक्त दिन शिवम् सिमेन्टको ४ करोड २५ लाख २३ हजार र नेपाल फाइनान्स कम्पनीको ४ करोड ५ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७९ वैशाख १९ सोमवार १५:२३ मा प्रकाशित