back

सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन जोड

काठमाडौं । सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन सरोकारवालाहरूले जोड दिएका छन् ।

अन्तराष्ट्रिय गर्ल्स इन आइसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

उक्त दिवसको अवसरमा डुब्लुआईआईटीले बिहीबार ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ सम्मेलन आयोजना गरेको थियो ।

सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आवद्ध करिब ५० महिलाहरुको सहभागिता थियो ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा स्थापित अब्बल महिलाहरुले सुरक्षित इन्टरनेट पहुँचका विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । जसमा साइबर सुरक्षा कम्पनी मुनाल टेक प्रालीकी संस्थापक सीईओ मोना न्याँचो, एनसेलको इन्फर्मेसन सेक्युरिटी यूनिट हेड यास्मिन भट्टराई र नेपाल प्रहरीकी प्राविधिक तथा इन्जिनियर दिपा भट्टराईले साइबर सुरक्षाका विविध आयाम, थ्रेट र जनचेतनामुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी २०२० की आईसीटी आईकन प्राध्यापक तिमिला यामी थापाले आईसीटी क्षेत्रको आफ्नो यात्रा अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा साइबर सुरक्षामै आधारित रहेर एउटा प्यानल छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त प्यानलमा साइबर सेक्युरिटी कम्पनी ईमिनेन्स वेजकी विजनेस डेभलपमेन्ट हेड निशा उपाध्याय, नेपाल बैंक लिमिटेडकी इन्फर्मेसन सेक्युरिटी अफिसर आईएसओ बन्दना शर्मा, नेपाल टेलिकमकी निर्देशक विनिता श्रेष्ठ र साइबर सुरक्षा सेवाप्रदायक कम्पनी लगपोइन्टकी सेक्युरिटी अनुसन्धानदाता शुस्मा शर्मा रहेका थिए ।

प्यानल छलफललाई क्यान महासंघकी वरिष्ठ उपाध्यक्ष तथा डब्लुआईआईटीकी कार्यकारी सदस्य रत्न तारा बैद्यले मध्यस्तता गरेकी थिइन् । छलफलमा सम्पूणर् महिलाहरुले आफ्नो क्षेत्रमा हुँदै आईरहेको साइबर सुरक्षाका कार्यहरुको बारेमा बोलेका थिए ।

यसैगरी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल उपस्थित थिए ।

कार्यक्रममा बोल्दै सचिव अर्यालले आईसीटी क्षेत्रमा महिलाको सहभागिता बढाउन र साइबर सुरक्षा कायम गर्न आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेत व्यवस्था गर्ने बताए । त्यसका लागि आईसीटी क्षेत्रका विज्ञ महिलाहरुको परामर्शको खाँचो मन्त्रालयलाई सदैव रहेको उनले जानकारी गराए ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको समेत उपस्थिति थियो । कार्यक्रममा बोल्दै खनालले आईसीटीमुलक कार्यक्रमहरु शहर केन्द्रित भएको भन्दै उपत्यका बाहिरका सम्पूर्ण सुधुर क्षेत्रमा समेत यस्ता किसिमका कार्यक्रमहरुलाई पुर्याउन सुझाव दिदैँ प्राधिकरण सहयोगका लागि सदैव तयार रहने प्रतिवद्धता जनाए ।

यसैगरी कार्यक्रममा बोल्दै डब्लुआईआईटीकी अध्यक्ष गुनाकेशरी प्रधानले ९ जनाबाट सुरु भएको डब्लुआईआईटीले आयोजना गरेको यस्तो कार्यक्रमले प्रविधिको क्षेत्रमा संलग्न सम्पूर्ण महिलाहरुलाई एकैथलोमा ल्याएर सम्बन्ध सञ्जाल विस्तार गर्न सहयोग पुर्याएको बताए ।

कार्यक्रममा डब्लुआइआईटीले देशव्यापीरुपमा आयोजना गरेको ग्राफिक्स डिजाइन प्रत्योगिताका तीन विजेतालाई समेत सम्मान पुरस्कार प्रदान गरेको थियो । जसमा प्रथम हुने सेन्ट जेभियर्सकी सरिता शाक्यले १० हजार, दोस्रो हुने इस्लिङटन कलेजकी स्तुती श्रेष्ठले ५ हजार र तेस्रो हुने अरनिको उच्च माध्यमिक विद्यालयकी प्रतिक्षा प्रधानले ३ हजार रुपैयाँ राशीको पुरस्कार र सम्मानपत्र प्राप्त गरेका थिए ।

साथै डब्लुआईआईटीले बैशाख १८ गते आईतबार साइबर सुरक्षा क्षेत्रमा आवद्ध महिलाहरुका लागि बगभीसँगको सहकार्यमा ईस्लिङ्टन कलेजमा लाइभ ह्याकाथन पनि आयोजना गरेको छ ।

बिहान साढे ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको उक्त ह्याकाथनमा प्रतिस्पर्धी सुरक्षा अनुसन्धानकर्ताहरुले चार घण्टाभित्र ‘फ्ल्याग क्याच’ गरेका थिए ।

सो प्रतिस्पर्धामा प्रथम हुने गम्भिरता पौडेल १० हजार, दोस्रो हुने निकी सिंहलाई ५ हजार र तेस्रो हुने क्षिरिङ डोल्कार शेर्पालाई ३ हजार नगद प्रदान गरिएको थियो ।

विजेतालाई बगभीको गिफ्ट दिइएको थियो भने ह्याकाथनमा सहभागी भएका सबैलाई सर्टिफिकेट पनि प्रदान गरिएको थियो ।

वि.सं.२०७९ वैशाख १९ सोमवार १५:३० मा प्रकाशित

You can share this post!

ADBL
सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

वि.सं.२०८० जेठ २१ आइतवार १२:४९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ...

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

वि.सं.२०८० जेठ २१ आइतवार १२:४१

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा...

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

वि.सं.२०८० जेठ २१ आइतवार १२:२९

काठमाडौं, २१ जेठ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत...

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८० जेठ २१ आइतवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तिय...