काठमाडौं । साताको पहिलो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आज नेपाल फाइनान्ससहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।
सोमबार नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५१ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ४५० रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त दिन युनियन हाइड्रोपावरको सेयर मूल्य पनि ८.७७ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले घटेर २६० रुपैयाँ कायम भएको छ ।
त्यसैगरि आज दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य आज ८.२० प्रतिशत अर्थात प्रतिकित्ता २१ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य २३५ रुपैयाँ कायम भएको छ।
वि.सं.२०७९ वैशाख १९ सोमवार १५:३३ मा प्रकाशित