back
NMB ad

राष्ट्र बैंकले संशोधन गर्यो भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८, के-के छन् नयाँ व्यवस्था ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन तथा थप गरेको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन-२०७८ मा संशोधन गरी वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनु पर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले अ.प्रा.निर्देशन नं. ५/०७८ को बुँदा नम्बर १(५) मा संशोधन गरेको हो । अब सामान्यता क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाईने भएको छ । तर, अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिना पाइनेछ ।

साथै क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्नेछ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्ने र नगद झिक्न नमिल्ने व्यवस्था सम्वन्धित भुक्तानी सेवा प्रदाक संस्थाले गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंक अ.प्रा. निर्देशन नं.१४/०७८ को बुँदा नं.१ मा उपबुदा (६) र (७) मा थप गरेको छ । बुँदा (६) अनुसार विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पशे गरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानून बमोजिम सहुँला/बुझाउँला भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्न लगाउनुपर्नेछ ।

यस्तै, विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्कोमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७९ वैशाख १९ सोमवार १५:५७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...