back

विन नेपाल लघुवित्तको नाफामा गिरावट, कस्ता छन् अन्य सूचकहरु ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ५३ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा २१.८१ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६८ लाख ९९ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ९ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ७.९२ प्रतिशतले घटेर ३ करोड २२ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको तेस्रो त्रैमासमा भने कम्पनीको यो आम्दानी ३ करोड ५० लाख १८ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा भने ३ करोड १ लाख ३५ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको चुक्ता पुँजी ७ करोड २४ लाख ४६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ करोड ५० लाख ६५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने झिनो घटाएको छ । गत वर्षको चैत मसान्तसम्ममा ४.९९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्षको सोही अवधिमा भने ४.८६ प्रतिशतमा झरेको छ ।

कम्पनी प्रतिसेयर आम्दानी (वार्षिकिकरण) १४ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६४ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

ADBL
राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

वि.सं.२०८० जेठ २१ आइतवार १२:४९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ...

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

वि.सं.२०८० जेठ २१ आइतवार १२:४१

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा...

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

शेयर लगानीकर्ताको आन्दोलन फिर्ता, खुल्यो सेयर बजार

वि.सं.२०८० जेठ २१ आइतवार १२:२९

काठमाडौं, २१ जेठ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत...

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

थप ३२ लाख २६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८० जेठ २१ आइतवार १२:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तिय...

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वि.सं.२०८० जेठ २१ आइतवार १२:०५

ताप्लेजुङ २१ जेठ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा...

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

वि.सं.२०८० जेठ २१ आइतवार १२:०१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री...