back
NMB ad

रसुवामा मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

Kumari bank ad

रसुवा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्री वितरणका लागि समय सीमा तोकेको छ ।

मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ । यसका लागि अनुगमन कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रत्येक दिन अपराह्न ४ बजे पछाडि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको हो । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै नागरिकको साझा दायित्व भएकाले प्रहरीको कदमलाई यहाँका व्यापारी व्यवसायीले पूर्णरूपमा सहयोग गर्नेमा प्रहरी आशावादी भएको बताइएको छ ।

मदिरा बिक्री गर्ने होटल साँझ ७ बजेदेखि बन्द गर्न नेपाल प्रहरीले व्यवसायीलाई अनुरोध गरे पश्चात्त निर्देशन कार्यान्वयन हुन थालेको यहाँका व्यवसायीले बताएका छन् । रसुवागढी नाका, पर्यटकीय क्षेत्र एवं चिसो स्थान भएका कारण बढी मात्रामा खपत हुने मदिरा नियन्त्रणका लागि नेपाल प्रहरीले चालेको कदम स्वागत योग्य भएको विश्लेषकले बताएका छन् ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १४:२४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...