back
NMB ad

७ कम्पनीद्वारा विशेष तथा साधारण सभा आह्वान, आईपीओ निष्काशनदेखि लाभांश पारितसम्मका एजेण्डा

Kumari bank ad

काठमाडौं । आधा दर्जन कम्पनीहरुले वार्षिक साधारण सभाका लागि मिति तय गरेका छन् ।

बैशाख मसान्त तथा आगामी जेठ महिनामा हालसम्म विभिन्न ७ कम्पनीले वार्षिक साधारण सभा तथा विशेष सभाका लागि मिति तय गरेका हुन् ।

जसमध्ये एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, एक्कर्ड फर्मास्युटिकल्स, सिक्लेस हाइड्रोपावर कम्पनीले साधारण सभा र युनियन हाइड्रोपावर र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा गर्न लागेको हो ।

सभामा अधिकांश कम्पनीहरुले लाभांश पारित गर्ने र आईपीओ निष्काशनको प्रस्ताव पातिर गर्ने मुख्य एजेण्डा बनाएका छन् भने केही कम्पनीको लगानीकर्ताहरुले लाभांश प्रस्ताव गरेका छैनन् ।

एभरेष्ट इन्स्योरेन्सले आउँदो बुधवार अर्थात बैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीको सभाले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि गरेर ३ अर्ब पु¥याउने विशेष प्रस्ताव रहेको छ । कम्पनीको विशेष प्रस्तावमा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव रहेको छन् ।

यसका साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका वैशाख १२ गते (एक दिन) बुक क्लोज गरेको छ ।

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले वैशाख २३ गते साधारण सभा बोलाएको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ ।

कम्पनीको सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण हुने छ ।

यसका साथै कम्पनीले कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने/गाभिने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेको थियो । जसअनुसार वैशाख १२ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

यस्तै, युनियन हाइड्रोपावर कम्पनीले बैशाख २३ गते विशेष साधारण सभा बस्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धोबीघाट, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्रको दफामा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । सभाले कम्पनीको प्रबन्धकको दफा ६ (क) र (ख) मा संशोधन गर्नेछ ।

साथै सभामा संचालक विष्णु प्रसाद पाण्डेको राजिनामा स्वीकृत तथा नयाँ संचालक नियुक्त गर्ने कार्य सूचि रहेको छ ।

कम्पनीले कोभिड–१९ को संक्रमणको जोखि अन्त्य नभइसकेको अवस्थालाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट बस्ने गरी सभा बोलाएको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा आगामी वैशाख २५ गते गर्ने भएको छ । सभा होटल कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले कम्पनीको पूँजी वृद्धि गरी अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ३ अर्ब रुपैयाँ पुरयाउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारणलका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने र अन्य कुनै पनि जीवन कम्पनी एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यता, आउँदो बैशाख २८ गते बुधवार सगरमाथा इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदैछ । कम्पनीको सभाले पनि लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आव २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनूसूची पारित, चालु आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

प्रबन्धकको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्तापूँजीको ब्यवस्था गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
यसका साथै निर्जिवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्न/ गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिईएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता दिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुकक्लोज गरेको छ ।

यस्तै, एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले पनि पहिलो वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनको पहिलो वार्षिक साधारण सभा जेठ ५ गते गर्ने भएको हो । पब्लिक लिमिटेडमा परिणत भएपछि कम्पनीले पहिलो वार्षिक साधारण सभा गर्न लागेको हो ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले जारी पूँजी वद्धि, दफा तथा नियम संशोधन एवं थपघटलगायत आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै पनि किसिमको फेरबदल,संशोधन एवं थपघट सम्बन्धी निर्देशन प्राप्त भएमा निर्देशन बमोजिमको कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको ४ लाख ८० हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न तयारी गरेको छ ।

त्यसैगरि सिक्लेस हाइड्रोपावर लिमिटेडले जेठ १३ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको वैशाख १९ गतेको सञ्चालक समितिको बैठकले आभ्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । यस वर्ष कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पातिरि गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक ताक्नेछ ।

कम्पनीले आईपीओ निष्काशनको तयारीमा रहेको छ । कम्पनीले २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनका लागि गत कात्तिक २९ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १९:२४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...