back
NMB ad

आचारसंहिता उल्लङ्घन गर्दै राजनीतिक दल, मतदाता प्रभावित पार्न राहत वितरण

Kumari bank ad

भक्तपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको निर्वाचनबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा यस्तो बताइएको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई प्रभावित पार्ने गरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको बताउँदै उहाँले केही दलले आचारसंहिता विपरीत काम गर्न खोजिएकाले यस्ता कार्यक्रमलाई रोक लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिइ भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्ने गरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा हामी तत्कालै पुगेर रोक्यौँ, यहीँ बीचमा अनुमति लिन आएका करिब २० वटा कार्यक्रमलाई समेत निर्वाचनमा प्रभावित पर्ने देखेर रोक लगाएका छाँै, सम्मान र पुरस्कार वितरणजस्ता कार्यक्रमलाई पनि रोक लगाएर चुनावपछि गर्न भनेका छौँ, निर्वाचन आचारसंहिता विपरीत दलको गतिविधि समेतलाई रोक लगाउँदै आएका छौँ ।”

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लङ्घन भइरहेको जानकारी दिँदै १९ वटा ठाउँबाट आचारसंहिता उल्लङ्घन गरी राखिएको दलहरुको प्रचार सामग्री हटाएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनीधिले भक्तपुरमा निर्वाचन आचारसंहित विपरीतका काम भइरहेको जनाउँदै मतदातालाई विभिन्न प्रलोभनमा पारी सामान बाँड्न सुरु गरेको बताउनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “पार्टीका झण्डा, चुनाव चिन्ह, फ्लेक्सलगायतका प्रचार सामग्री १८/१९ ठाउँको हामीले हटाएका छौँ, कतिपय ठाउँमा त्यस्ता चुनाव चिन्ह् राखेका दलका स्थानीय नेता कार्यकर्तासँग त कतिपय ठाउँमा जिल्ला तहका नेतासँग कुरा गरेर हटाएका छाँै, यस्ता सामग्री राखेर आचारसंहिता उलङ्घन गर्नेमा चुनाबमा रहेको मुख्य ६ दलकै रहेका छन् ।” प्रचार सामग्री हटाउन ठूला दलहरुले नै अटेर गर्ने गरेको उहाँको भनाइ छ । गाडीमा पार्टीको झण्डा र चुनाब चिन्ह्, ब्यानर राखेर जाने गरेको भन्दै उहाँले पार्टी आफैले आचारसंहिताको पालना गर्दै आफैले अनुगमन गर्नुपर्नेमा आफैले उलङ्घन गर्ने गरेको उहाँको गुनासो छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले विगतका निर्वाचन भन्दा कर्मचारी आधा कम तर काम धेरै हुँदा कार्यसम्पादनमा चाप परेको बताउनुभयो । कर्मचारीले खानाको भरमा बिहान ७ बजेदेखि राति ७ बजेसम्म काम गर्नुपरेको उल्लेख गर्दै उहाँले त्यही कर्मचारीले फेरि अनुगमन पनि जानसक्ने अवस्था अहिले न्यून भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यहीँ बाटो ओहोरदोहोर गर्दा पनि अनुगमन गरिरहेकै हुन्छौँ, आचारसंहिता रोक्न सकदो प्रयास गरेका छौँ, दलहरुले नै बनाएको आचारसंहिता पालना दलहरुले गर्नुपर्ने हो, राजनीतिक दल, पत्रकार, सचेत नागरिकले आचारसंहिता उल्लङ्घन भएको पाइए जानकारी गराउनुहोस्, हामी तत्काल रोक्छौँ, आवश्यक परे कारबाही गर्छौ ।”

यद्यपि काठमाडौँको तुलनामा भक्तपुरमा आचारसंहिता उल्लङ्घन ज्यादै न्यून रहेको दाबी गर्दै उहाँले त्यसलाई पनि रोक्न सक्दो प्रयास गरिरहेको जानकारी बताउनुभयो । उहाँले मतगणनास्थलमा सिसी क्यामरा जडान भइरहेको जानकारी दिँदै मतदानका दिनमा मतदाता परिचयपत्र नभए नागरिकता, सवारी अनुमतिपत्र, लालपूर्जा लगायतका पहिचान खुल्ने कागजले पनि मतदान गर्न पाइने उहाँले बताउनुभयो ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १२:५१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...