back
NMB ad

एकै दिन पाँच कम्पनीहरुले सार्वजनिक गरे त्रैमासिक वित्तीय विवरण, कुनको प्रगति कस्तो ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । बुधवार एकैदिन विभिन्न ५ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

उक्त दिन महिला लघुवित्त, जीवन विकास लघुवित्त, मानुषी, समता घरेलु र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

कुनको वित्तीय प्रगति कस्तो ?

महिला लघुवित्त

महिला लघुवित्तले चालु आवको तेस्रो त्रैमासमा १० करोड २६ हजार रुपैयाँ नाफा गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा भने ५५.७० प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६ कराड ४२ लाख ४३ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २८.८५ प्रतिशतले बढेर २० करोड ६८ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको नौ महिनामा कम्पनीको संचालन मुनाफामा भने ४८.१४ प्रतिशतले घटेर ४ करोड १० लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २५ करोड ७९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा २.९७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९० रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५५ रुपैयाँ रहेको छ ।

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तले चालु आवको नौ महिनामा ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलामा भने २.४२ प्रतिशतले मात्र बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा २९ करोड २९ लाख १५ हजार रुपैयाँ संचालन मुनाफा गरेकोमा यस वर्ष भने ७१.६२ प्रतिशतले बढाएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीे जगेडा तथा कोषमा भने १ अर्ब ३३ करोड ७१ लाख ६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ८९ पैसा रहेको छ ।

मानुषी लघुवित्त

मानुषी लघुवित्तले चालु आवको तेस्रो त्रैमासमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ५५.८८ प्रतिशत वृद्धि भएको हो ।

उक्त अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५६.८७ प्रतिशतले वृद्धि भई ३ करोड १२ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीको खुद ब्याज आम्दानी १५.९७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २१ दशमलव ६२ प्रतिशत बढेको छ ।

कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५ करोड २६ लाख ९६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ३४ रुपैयाँ १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १८ पैसा रहेको छ ।

समता घरेलु लघुवित्त

समता घरेलु लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ५ करोड ३६ लाख ३घ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १८.७५ प्रतिशतले कमी हो ।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी भने ३६ प्रतिशत र सञ्चालन नाफा २९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १६ करोड २४ लाख २२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २० रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३९ पैसा रहेको छ ।

स्वरोजगार लघुवित्त

स्वरोजगार लघुवित्तले चालु आवको तेस्रो त्रैमासमा १३ करोड १७ लाख ७२ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १६.९७ प्रतिशतले बढी हो ।

कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा १०९ प्रतिशतले वृद्धि भई क्रमशः ३१ करोड २२ लाख २७ हजार र १८ करोड ४६ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ५१ करोड ४० ९९ हजार रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा भने २२ करोड ५१ लाख ५२ हजार रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ८० पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १४:०६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...