back
NMB ad

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष जालानलाई नेशनल आइसिटी एक्सीलेन्स अवार्ड

Kumari bank ad

काठमाडौं । अहिलेको समय भनेको सूचना तथा प्रविधिको समय हो । यसै कुरालाई मध्येनजर गरी हरेक वर्ष मे महिनाको २ तारिखमा नेपालमा राष्ट्रिय सूचना प्रविधि दिवस मनाइन्छ ।

नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापात लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानलाई नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालयद्वारा नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित गरिएको छ ।

शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइरहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।

एलबीईएफ गु्रप अफ इन्स्टीच्युट अन्तर्गत लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, पाटन कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्कील्स पर्दछन् ।

नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित ई. पंकज जालान विगत कैयौं वर्षदेखि शैक्षिक क्षेत्रमा कार्यरत हुनुका साथै विभिन्न पदमा रही विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न छन् ।

उनले यो अवार्ड आफ्ना काका तथा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका संस्थापक स्व. परमानन्द केजरीवाललाई समर्पण गरेकाछन् ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १७:५३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...