back
Mega Long Ad

हिमालयन डिष्टिलरीको अधिकांश सूचकमा सुधार, कस्तो छ वित्तीय प्रगति ? (विवरणसहित)

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ७८ करोड ८३ लाख २४ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १७.१८ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ करोड २७ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको आम्दानी वृद्धि भएकाले नाफा बढेको हो । चालु आवको नौ महिनामा कम्पनीको आम्दानी ३०.२० प्रतिशतले वृद्धि भई ५ अर्ब १८ करोड ७८ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि १४.७५ प्रतिशतले बढेर १ अर्ब ९ करोड ६६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ५ करोड ७५ लाख १४ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २५ आइतवार १२:३४ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...