काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला जाल्पा सामुदायिक लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २०२ रुपैयाा ३० पैसाले बढेको छ । यो संगै कम्पनीको सेयर मूल्य २ हजार २२६ रुपैयाँ कायम भएको छ ।
यस्तै, यति बेला बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.९८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४ रुपैयाँ ७० पैसाले बढेर ४९२ रुपैयाँ ४० पैसा कायम भएको छ ।
त्यसैगरि यो समाचार तयार गर्ने बेलासम्म राधी विद्युत कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशत अर्थात प्रतिकित्ता ५० रुपैयाँले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य ६५० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ वैशाख २८ बुधवार १२:०६ मा प्रकाशित