काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले तीन संस्थापक सेयरधनीहरुको नाममा रहेको ५२ हजार ७२२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुको आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरेको छैन ।
आवेदन आजैका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सचिवको कार्यालय बबरमहल, काठमाडौंमा दिनपर्नेछ ।
तोकिएको उक्त म्यादभित्र विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य व्यक्तिलाई बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।
वि.सं.२०७९ वैशाख २८ बुधवार १२:३४ मा प्रकाशित