back
Mega Long Ad

झनै महंगियो नेपालीको भान्सा, कुन खाद्यवस्तुको मूल्य कति बढ्यो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिना अर्थात चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कनले यस्तो देखाएको हो ।

उक्त अवधिमा समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।

चालु आवको नौ महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १७:०० मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...