
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा कम्पनीले ६१ करोड ६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनमा ४.१७ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा ५९ करोड २० लाख १० हजार रुपैयाँ नाफा गरेको थियो ।
चालु आवको नौ महिनामा कम्पनीको खुद ब्याज आम्दानी पनि ११.६२ प्रतिशतले वृद्धि भई १४ करोड ७५ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी १३ करोड २१ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा कम्पनीको कुल आम्दानी ३.५० प्रतिशतले वृद्धि भई १ अर्ब ३ करोड ७ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने २० अर्ब ३० करोड ३६ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ १७ पैसाले घटेर २५ रुपैयाँ १५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहको छ।
वि.सं.२०७९ वैशाख २९ बिहीवार ११:५२ मा प्रकाशित