back
NMB ad

एक आपसमा गाभिदै यी दुई वाणिज्य बैंक, प्रस्ताव पारित गर्न डाके विशेष साधारण सभा

Kumari bank ad

काठमाडौं । मर्जरमा जानका लागि दुई वाणिज्य बैंकले विशेष साधारणसभा बोलाएका छन् ।

मर्जरको विशेष प्रस्ताव पारित गर्न नविल बैंक र नेपाल बंगलादेश बैंकले विशेष साधारण सभा बोलाएका हुन् ।

नबिल बैंकल आउँदो जेठ ७ गते विशेष साधारण सभा बोलाएको हो । बैंकको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभामा नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते एकदिन बुकक्लोज गरेको छ ।

यस्तै, नेपाल बङ्गलादेश बैंकको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको विशेष साधारण सभा जेठ ७ गते सभा गर्ने भएको हो । सभा भर्चुअल रूपमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा नबिल बैंकले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ को अनुपातमा प्राप्ति गर्न लागेको हो ।

नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।

विशेष साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते एक दिन बुकक्लोज गरेको छ ।

वि.सं.२०७९ जेठ २ सोमवार १६:४० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...