back
NMB ad

एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज शुरु, पर्यटन बोर्डको नेतृत्वमा २१ संस्था सहभागी

Kumari bank ad

काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले बुधबारदेखि भारतमा शुरु भएको साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाएको छ ।

२०७९ जेठ ४ देखि ६ गतेसम्म तदनुसार २०२२ मे १८ देखि २० तारिख सम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम सहित विभिन्न २१ ओटा कम्पनी सहभागी रहेका छन् ।

साटेलाई भारत सरकार, पर्यटन मन्त्रालयको सहयोगमा हुने दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ ।

कोरोना महामारी (कोभिड–१९) ले थलिएको पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाएको नेपाल पर्यटन बार्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले जानकारी दिनुभयो ।

‘ भारत नेपालको प्रमुख पर्यटन स्रोत बजार हो । बोर्डले साटेसंगसँगै क्रसबोर्डर टुरिजम प्रर्वद्धनका लागि समेत काम गरेकोले यी सबै गतिबिधीले भारतीय पर्यटक आगमनमा बृद्धि हुने र नेपालको प्रर्वद्धन हुने हाम्रो अपेक्षा छ ।’ उहाँले भन्नु भयो । कोभिडको सक्रमण कम हुँदै जाँदा विश्वभर पर्यटन चलायमान हुन थालेको बताउँदै उहाँले पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र,हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको समेत जानकारी दिनुभयो ।

साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग,बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहेकोेले यो प्लेटफर्म नेपालको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने कार्यक्रमममा सहभागी नेपाल बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

नेपालले सन २०२१ को मार्च २४ देखि २६ तारिखसम्म तथा २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो ।

गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए । भारतीय बिक्रेतालाई विभिन्न प्याकेज मार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ ।

वि.सं.२०७९ जेठ ४ बुधवार १८:०९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...