काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८६ लाख ४२ हजार ६८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
मंगलबार नेशनल लाइफको १९ प्रतिशत र बुधवार ज्योति लाइफको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी दुवै कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ जेठ ५ बिहीवार १०:०५ मा प्रकाशित