back
NMB ad

संरक्षणको पर्खाइमा दाङको थारु नमूना ग्राम

Kumari bank ad

देउखुरी । घोराही उपमहानगरपालिका–७ सीसहनियाँमा रहेको थारू नमूना ग्राम संरक्षणको पर्खाइमा रहेको छ । उक्त ग्राम विसं २०६५ सालमा स्थापना भएको थियो । थारू समुदायको बाहुल्यता रहेको सीसहनियाँ गाउँमा दक्षिणतिर बबई नदी र नजिकै सामुदायिक वन क्षेत्र छ । त्यसैको आडमा लस्करै बनाइएको थारू रहनसहन र परिवेश झल्कने उत्तर–दक्षिण फैलिएका घरहरू छन् ।

घरको आँगनमा घाँस उम्रियर घरसम्म पुग्ने बाटो छैन । थारू ग्राम करिव एक बिघामा रहेको छ । जीर्ण अवस्थामा उभिएका घरमा मिथिला कला शैलीमा बनाइएका विभिन्न जनावर र औजारहरूको कलाकृति देख्न पाइन्छ । कला, सीप र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा स्थानीय चिन्तामा देखिएका छन् ।

संरक्षण नहुँदा अतिक्रमण बढ्ने र सार्वजनिक सम्पत्ति हराउने खतरा बढेको देखिन्छ । थारू समुदायका नागरिक मात्र रहेको उक्त गाउँमा नमूना ग्राम स्थापना भएपछि स्थानीय निकै खुशी थिए । लोप हुँदै गएको आफूहरूका कला–संस्कृति बच्ने, प्रचार–प्रसार हुने र गाउँमा पर्यटकहरू आउने, गाउँको विकास हुने भन्दै आफूहरू निकै खुशी भएको स्थानीय जनक चौधरी बताउनुहुन्छ । तर, अहिले उक्त ग्रामको अवस्था देखेर उहाँ दुःखी देखिनुहुन्छ । उहाँले भन्नुहुन्छ, “हाम्रो ठाउँमा थारू नमूना ग्राम स्थापना भएपछि अब हामीहरूको कला–संस्कृतिको संरक्षण हुने र यहाँको विकास हुने लागेको थियो । स्थानीयले निकै जोसजाँगरका साथ काम गरेका थियौँ । तर, जुन उद्देश्यका साथ स्थापना भएको हो, त्यो अहिलेसम्म पुरा नहुँदा दुःख लागेको छ ।” तत्कालीन जिल्ला विकास समिति दाङले करिव सवा तीन लाख रुपैयाँ खर्च गरेर थारू ग्रामको घोषणा गर्दै बनाइएका ५ नमूना घरहरू बनाएको चौधरीले बताउनुभयो ।

संघीयता लागू भएसँगै जिल्ला विकास समिति खारेज हुनु र संरचनाका लागि बजेट नआउँदा अहिले सबै घरहरू जीर्ण बन्दै गएको चौधरीको भनाइ छ । अहिले ती घरहरू थोत्रिएका छन् । छानो चुहिने, भित्ता मक्किएका तथा बेवारिसे अवस्थामा पुगेका छन् । खरको छानो भएकाले चुहिने भएको हो । “जीर्ण अवस्थामा रहेको थारू नमूना ग्रामलाई संरक्षण गर्न सकेमा बनिसकेको संरचना जोगाउन सकिन्छ”, चौधरीले भन्नुभयो ।

थारू नमूना ग्राम स्थापना गर्ने बेला थारू समुदायको परम्परागत घर, बालविकास केन्द्र, थारू संग्रहालय, उद्यानलगायत स्थापना गर्ने सम्झौता भएपनि ती विषय लागु नगर्दा थारू नमूना ग्राम अलपत्रको अवस्थामा आइपुगेको थारू नमूना ग्रामका सञ्चालक समितिका अध्यक्ष बेझलाल चौधरीले बताउनुभयो । उक्त नमूना थारू ग्राममा अपर्याप्त सहयोग र सम्झौता अनुसार कार्यान्वयन हुन नसक्दा तथा बजेट अभावका कारण जीर्ण अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।

थारू संस्कृति झल्काउने विभिन्न थारू नाचको लागि पहिरन भेषभूषा, मादल, शुद्ध खानेपानी, मोटर बाटो, सिचाई, विद्युत, जीवनशैली झल्किने औजार, सामान, पूजा गरिने देवी देवता तथा उठबसका क्रममा प्रयोगमा आउने सामग्रीलगायतको व्यवस्था गर्ने सम्झौता भएको भएयता पनि त्यो अहिले सम्म नभएको उहाँको भनाइ छ ।

उपमहानगरको ७ नं वडा कार्यालयले संरक्षणका लागि वार्षिक रु एक लाख बजेट छुट्टाउँदै आएको भएयता पनि त्यो रकम अपुग हुँदा संरक्षणमा समस्या भएको वडा सदस्य सुशीला चौधरीले बताउनुभयो । शुरुमा गाउँमा थारू ग्राम स्थापना भएपछि सात देशका पाहुनाहरु घुम्म आएको जनाउँदै वडाले विभिन्न ठाउँमा संरक्षण र विकासका लागि पहल गरेको भएयता पनि कतैबाट सहयोग नआएका कारण संरक्षणमा पछिपरेको उहाँको भनाइ छ । “हामीले वडाकोतर्फबाट सक्दो सहयोग गरेका छौँ,” उहाँ भन्नुभयो, “वडाको सानो बजेटबाट संरक्षण र विकास गर्न नपुग्ने रहेछ, हामीले धेरै ठाउँमा पहल गरेका थियौँ तर, कतैबाट सहयोग आएन ।” समिति पदाधिकारी तथा स्थानीय युवा नै अग्रसर नहुँदा समस्या भएको उहाँँले बताउनुभयो ।

उपमहानगरले नूमना थारू ग्रामको विकासका लागि आर्थिक वर्ष २०७७/७८ मा डिपीआर तयार पार्न भन्दै रु पाँच लाख बजेट विनियोजन गरेको थियो । तर, विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम हुन नसक्दा बजेट ‘फ्रिज’ भएको थियो । यस वर्ष भने ग्रामलाई उपमहानगरले कुनै शीर्षकमा बजेट छुट्याएको छैन । उपमहानगरले दिएको बजेट पनि कार्यान्वयन नहुँदा यो वर्ष ग्रामका लागि बजेट नराखिएको उपमहानगरले जनाएको छ । तर, त्यस ठाउँको विकासका लागि प्रदेश सरकारसँग पहल भइरहेको उपमहानगरका सूचना अधिकारी भिमबहादुर चौधरीले बताउनुभयो ।

नगरस्तरिय पर्यटन समितिको निर्णयअनुसार पिकनिक स्थल र होमस्टे संचालन गर्नका लागि सिसहनियाँलाई छनोट गरेको चौधरीले बताउनुभयो । उपमहानगरले त्यहाँको संरक्षण र विकासको लागि बजेट छुट्टाएको भएता पनि त्यहाँका स्थानीयले संक्रियता नदेखाएकाले काम गर्न समस्या भएको उहाँले बताउनुभयो । थारु समुदायको पहिचानसँग जोडिएको थारु नमूना ग्राम संरक्षण गर्नका लागि युवा पुस्ताले चासो दिनुपर्ने देखिएको छ । रञ्जिता अधिकारी रासस

वि.सं.२०७९ जेठ ६ शुक्रवार १३:५१ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....