back
Mega Long Ad

२८ करोड ८० लाख नोक्सानीमा शिवश्री हाइड्रोपावर, विद्युत बिक्री आम्दानी भने तीन महिनामै ३६.४८% ले बढ्यो

काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आवको नौ महिनाका कम्पनीले २८ करोड ८० लाख ४९ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।

नोक्सानीमा रहेपनि कम्पनीले विद्युत बिक्रीबाट भने उक्त अवधिमा १७ करोड ९२ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी गत पुस अर्थात तीन महिनको तुलनामा भने ३६.४८ प्रतिशतले बढी हो ।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीको संचालनमा मुनाफा भने १२ करोड १८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने २७ करोड ६ लख ३८ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ८१ रुपैयाँ ६७ पैसा रहेको छ ।

कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत आयोजना (२२.२ मे.वा.) ले गत जेठ १ गतेदेखि सीओडी गरि विद्युत उत्पादन गरिरहेको छ ।

वि.सं.२०७९ जेठ ८ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

आज कति कित्ता बिक्री भयो त चन्द्रागिरी हिल्सको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:१९

काठमाडौं । सोमबार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ...

के भयो आज नबिल बैंकको सेयर ?

के भयो आज नबिल बैंकको सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १६:०१

काठमाडौं । सोमबार नबिल बैंकको सेयर मूल्य झिनो वृद्धि भएको...

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ असार १३ सोमवार १५:५१

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।...

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

यी तीन कम्पनीका लगानीकर्ता मालमाल, सेयर मूल्यमा उछाल आउँदा प्रतिकित्ता कसले कति कमाए ?

वि.सं.२०७९ असार १३ सोमवार १५:१८

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ...

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

वि.सं.२०७९ असार १३ सोमवार १५:०९

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न...