काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ ।
वि.सं.२०७९ जेठ ८ आइतवार २१:२८ मा प्रकाशित