back
Mega Long Ad

कति बढ्ने भयो त सरकारी कर्मचारीको तलब ?

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो ।

मन्त्रालयका अनुसार दुई हजार रुपियाँ नघट्ने गरी तलब बढाउने तयारी छ । निजामती कर्मचारी सम्बद्ध ट्रेड युनियनले भने अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर पाँच हजार रुपियाँसम्म तलब बढाउन आग्रह गरेका थिए । तलब बढाउने सम्बन्धमा ट्रेड युनियनको सुझावलाई स्वीकार गर्दै अर्थमन्त्रीले खर्चले धान्ने गरी तलब बढाउने प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको थियो ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले तलब बढाउनुपर्ने माग कर्मचारीको छ ।

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:४० मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन)...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

वि.सं.२०७९ असार १६ बिहीवार १७:४३

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...