back
NMB ad

उदयपुर सिमेन्ट उद्योगले डाक्यो साधारण सभा, के-के छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले ३४औं वार्षिक साधारण सभा आउँदो जेठ ३० गते सोमबार गर्ने भएको हो । उद्योगको संचालक समितिको गत चैत १७ गते बसेको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित हुनेछ । सभाका विशेष प्रस्तावमा प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने रहेको छ ।

सभाले आव २०७७/७८ मा महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखापरीक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ ।

यसका साथै सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आवको नाफा नोक्सान हिसाब, बाँडफाँड तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...