back
NMB ad

शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादनहरू नेपाली बजारमा

Kumari bank ad

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गत को होम सेक्युरिटी क्यामरा घरको सुरक्षा को निम्ती हो भने बाँकी दुई स्मार्ट वाच हरु हुन् ।

लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भन्नु भयो ,“ हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइस हरु हाम्रो उपभोक्ता माझ ल्याउन प्रयासरत छौँ । हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताहरुकोे लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादनहरु दिन सकौँ ।

उक्त उत्पादनहरुको बारेमा थप बोल्दै पंडा ले भन्नु भयो , “शाओमी एस् वान एक्टिभ फिट्नेस मा रुची राख्ने व्यक्ति हरु को लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्ज को हाइ रिफ्रेस स्क्रिन रहेको छ । यसले चौबिसै घण्टा मुटु को चाल रेकर्ड गर्नु को साथै अन्य ११७ वटा फिट्नेस मोड हरु पनि रहेको छ ।

नर्मल मोड मा १२ दिन र ब्याट्रि सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफपनि छ । खेल प्रेमीहरुको लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जिपि एस् ले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जस ले गर्दा ठेगानाहरु छिटो र सहि रुपमा ट्र्याक हुन्छ ।

यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्च को फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटुको चाल पनि रेकर्ड वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।

त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ । यि क्यामराहरुले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् जसले गर्दा घर मा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ । साथै यसमा भएको टु वे अडियो टक ब्याकफिचर ले गर्दा जहाँबाट पनि आफ्नो परिवार सँग कुरा गर्न सकिन्छ ।

यसमा ३२ जि बि सम्म को स्टोरेज छ र यसलाई घर को जुन सुकै कुनामा सजिलै सँग फिट गर्न सकिन्छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार ११:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...