back
NMB ad

सुर्खेतमा ‘डिजिटल कर्णाली संवाद’ आयोजना हुँदै, डिजिटाइजेसनको विषयमा वृहत छलफल हुने

Kumari bank ad

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुने भएको छ । आईसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १२ गते बिहीबार ‘ह्वावे डिजिटल कर्णाली संवाद इन एशोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको हो ।

डिजिटल संवादमा कर्णाली प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ । संवाद विरेन्द्रनगर सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा बिहीबार दिउँसो २ बजेदेखि सुरू हुनेछ ।

कार्यक्रममा मन्त्री, सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहने छ ।

संवादमा आईटी तथा ई-गभर्नेन्स विज्ञ सुरेन्द्र यादव र मध्यपश्चिम विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर पञ्चदेव भट्टले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

डिजिटल संवादमा कर्णाली प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारे वृहत छलफल हुने आयोजकले जनाएको छ ।

त्यस्तै लिभिङ विथ आइसिटीको आयोजनामा बिहीबार नै सिद्धार्थ सन्नी रिसोर्टमा इबीमा स्टार्टअप एण्ड आईडिया फेस्ट पनि हुने भएको छ । फेस्टमा कर्णाली प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरु सहभागी हुन सक्ने छन् । फेस्ट दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

फेस्टसँगसँगै ‍एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुनेछन् । एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् । त्यस्तै आईडिया पिचिङ सेसनमा सहभाभी स्टार्टअपहरूको आफ्नो आईडिया प्रस्तुत गर्नेछन् । उक्त प्रस्तुत आईडियामध्येबाट उत्कृष्ट पाँच आईडियालाई इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग समन्वय गरिने छ ।

डिजिटल संवाद र स्टार्टअप फेस्टमा निःशुल्क सहभागी हुन सकिने छ । यसअघि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल प्रदेश संवाद आयोजना भइसकेको छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार १६:०० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...