
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले जबरजस्ती करणी मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले सुनसरी जिल्ला इटहरी उ.म.न.पा. वडा नं. ५ स्थित ब्लुमिङ् लोटस् ईङगलिस् स्कूलका प्रिन्सीपल बर्ष अं. ३६ का राज खड्का भन्ने राज कुमार खड्का मुद्दामा प्रक्राउ गरेको हो ।
उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।
खोजतलासको क्रममा फरार रहेका उनलाई जेठ १२ गते त्रिपुरेश्वर काठमाडौंबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाईएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ जेठ १२ बिहीवार १५:५३ मा प्रकाशित