back
Mega Long Ad

रेड्मी १० नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ? यस्ता छन् फिचर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ।

स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भन्नुभयो, “हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्दछ। कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट उत्पादन हो ।

रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र टलm प्रोसेसरहरु रहेको छ। अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६००० स्न्यापड्रागन पावोर र ६००० mAH ब्याट्रीको साथ रेड्मी १० नेपाली बजारमाको ब्याट्रीले उपभोक्ताहरुलाई ढिलाइ मुक्त र सहज अनुभव सुनिश्चित गर्नुका साथै १७.०४cm (९६.७१“) डिस्प्ले र ५०ःए डुअल क्यामेरा भएको यो रेड्मी १० ले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ।”

ब्लकबस्टर डिस्प्ले

नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ। १.१३ mm मोटाइ र २०३ ग्राम वजन भएको यो फोन १७.०४ cm (६.७१“) डिस्प्लेको साथ तपाईको लागि उत्तम उत्पादन हुन सक्छ।
पछिल्लो संस्करणको तुलनामा २ गुना छिटो

बजेटको आधारमा लोकप्रिय Snapdragon 680 चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ। एन्ड्रोइड ११ मा आधारित MIUI 13 सफ्टवेयर भएको रेड्मी १० मा 6GB सम्मको RAM र 128GB आन्तरिक स्टोरेज रहेको छ जुन प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ।

क्यामेरा

अप्टिक्सको सन्दर्भमा, Redmi 10 मा कुल तीन सेन्सरहरू छन्। पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि छःए क्यामेरा समावेश गरिएको छ। यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३०fps  मा १०८०p भिडियो खिच्न सकिन्छ।

बाँकी विशेषताहरु

डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ 5.0 समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र3.5mm हेडफोन ज्याकको साथ यस रेड्मी १० मा प्रयोगकर्ताहरूले 512GB सम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन्।

नेपालमा रेड्मी १० को मूल्य र उपलब्धता

रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध छ ।
नेपालमा रेड्मी १० ४/६४ न्द्य संस्करणको मूल्य रु. १८,९९९र( छ। त्यस्तै, हाई–एन्ड ६/१२८ न्द्य संस्करणको मूल्य रु. २१,९९९ रहेको छ। रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १७:४३ मा प्रकाशित

You can share this post!

prabhu bank
भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

वि.सं.२०७९ असार १६ बिहीवार १२:१२

रुपन्देही । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका...

ओप्पोले डिज्नील्याण्ड पेरिससँग इम्पावर एभ्री मोमेन्ट क्याम्पेनमा डार्क फोटोग्राफीलाई प्रेरित गर्ने उद्देश्यका साथ साझेदारी

ओप्पोले डिज्नील्याण्ड पेरिससँग इम्पावर एभ्री मोमेन्ट क्याम्पेनमा डार्क फोटोग्राफीलाई प्रेरित गर्ने उद्देश्यका साथ साझेदारी

वि.सं.२०७९ असार १५ बुधवार १८:१९

काठमाडौं । ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई...

आइएमई पे एपमा एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

आइएमई पे एपमा एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

वि.सं.२०७९ असार १५ बुधवार १५:२९

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा...

नारायणगढ–मुग्लिन सडकः १७ ठाउँ उच्च जोखिममा,प्राविधिक टोली २४ सैं घण्टा सडकमा

नारायणगढ–मुग्लिन सडकः १७ ठाउँ उच्च जोखिममा,प्राविधिक टोली २४ सैं घण्टा सडकमा

वि.सं.२०७९ असार १५ बुधवार १३:१९

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च...

नेपाली राइडर दीपक साह बने र्याली अफ चाम्बा विजेता

नेपाली राइडर दीपक साह बने र्याली अफ चाम्बा विजेता

वि.सं.२०७९ असार १५ बुधवार १२:१०

काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको...